एमालेको विधान संशोधन प्रस्ताव पारित

पाेखरा न्यूज । नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

विधान संशोधनका लागि उपमहहासचिव विष्णु पौडेलले शुक्रवार संशोधन प्रस्ताव पेस गर्नुभएकाे थियाे । १० समूहमा समूहगत छलफल भई आएका सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको थियो । आइतबार उक्त प्रस्ताव पारित भएको हो ।

पारित भएको विधानमा चुनाव चिन्ह सूर्यभित्र हँसिया हथाैडा राखिएको छ । त्यस्तै महानगरमा १०१, उपमहानगरमा ८५ र नगर तथा गाउँपालिकामा ७५ जना रहने व्यवस्था गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button