आइतबार कास्कीसहित प्रदेशमा कतिमा भयाे काेराेना पुष्टि ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४०  जना पुरुष तथा २९ जना महिला गरी ६९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७५५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ६९ जनासहित म्याग्दीका २ जना, लमजुङका ५ जना, तनहुँका ११  जना,  स्याङ्जाका २४ जना र नवलपुरका ५ जना गरी प्रदेशका ६ जिल्लामा ६१ पुरुष तथा ५५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार ८७६ पुगेको छ। पछिल्लो २४ घण्टामा १७० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८३ हजार २९४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button