|फाइल तस्विर ।
पाेखरा न्यूज । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई उहाँकै कार्यकक्षमा भेट गरेको हो ।
भेटमा मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भागबन्डा मागेको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने/नरहने विवाद संवैधानिक इजलासबाट टुंगो लगाउने सहमति कार्यान्वयन नभएकोलगायत समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताउनु भयाे। भेटवार्ता अहिले पनि चलिरहेको छ ।
प्रधानन्यायाधीशले पनि सरकारमा आफ्नो तर्फबाट मन्त्री मागेको समाचार बाहिरिएपछि उहाँ विवादमा तानिनुभएकाे छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution