उदाहरणको लागि कोही व्यक्तिको नेपालमा सम्पत्ति हुन सक्छ । तर अन्य देश वा अफसोरमा भएका कम्पनीको सञ्जालमार्फत उनीहरुले त्यसको स्वामित्व लिन्छन् । त्यसवापत उनीहरुले कर तिर्नुपर्दैन ।
कम्पनी खडा गर्न झन्झट नहुने तथा कानुन बमोजिम कम्पनीहरुको पहिचान सार्वजनिक नगर्ने देश वा कर नै नलाग्ने वा लागे पनि न्यून लाग्ने देशमा अफसोर कम्पनी खडा गरिएका हुन्छन् । त्यही भएर यी गन्तव्यलाई ‘ट्याक्स हभेन’ भनिएको हो ।
ट्याक्स हेभेन मुलुकको निश्चित सूची छैन् । तर महत्वपूर्ण गन्तव्यमा व्रिटीश ओभरसिज टेरिटोरी, क्याम्यान आइल्यान्ड र व्रिटीश भर्जिन आइल्यान्ड, स्वीटजरल्यान्ड र सिंगापुर आकर्षक गन्त्वय हुन् ।