प्रधानन्यायाधीश- मन्त्रिमण्डलमा मैले भाग मागेको छैन

पाेखरा न्यूज । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताउनु भएकाे छ ।

सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो कुनै भूमिका नरहेको बताउनु भएकाे छ ।

प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको समाचारहरु आएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज विहान प्रधानन्यायाधीश जबरालाई भेट्नुभएकाे थियाे। भेटमा मन्त्रीमण्डलमा भागवण्डाबारे जिज्ञासा राखेको अध्यक्ष शाक्यले बताउनुभएकाे छ ।

‘उहाँले मैले यस्तो काम गरेको छैन । अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो । यसमा असर पर्ने कामहरु गरेको छैन । मन्त्रिमण्डलमा को राख्ने नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो । मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भन्नुभयाे ।

आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताउनु भयाे । ‘औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं,’ उहाँले भन्नुभयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button