पाेखरा न्यूज । पारन्डोरा पेपेर्स विश्वका धनाढ्य र शक्तिशाली व्यक्तिले अवैध ढंगले लुकाएको धन, कर नतिरेको सम्पत्तिवारे करिव १ करोड २० लाख कागजात चुहावटको एउटा दस्तावेज हो । अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ती दस्तावेज सार्वजनिक गरेको हो ।
११७ देशका ६०० सञ्चारकर्मीले महिनौं लगाएर विभिन्न १४ स्रोतबाट प्राप्त गरेको फाइल अध्ययन गरेका थिए । पान्डोरा पेपर्स दस्तावेजमा ६४ लाख कागजात, ३० लाख तस्विर, १० लाखभन्दा बढी इमेल र झन्डै पाँच लाख स्प्रेडसीट छन् ।
विश्वका ९० देशका ३३० भन्दाबढी राजनीतिज्ञसहित सयौं शक्तिशाली व्यक्तिले आफ्नो अकूत धन लुकाउन कसरी अफसोर कम्पनी प्रयोग गरे भन्ने विषयलाई दस्तावेजले खुलासा गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution