काेराेनाका कारण पाेखरामा उपचाररत थप ५ जनाकाे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ५ जनाकाे मृत्यु भएकाे छ ।

स्याङ्जाकाे विरुवा ७ का ४५ वर्षीय पुरुष र म्याग्दीकाे धाैलागिरी ३ का ७६ वर्षीय पुरुषकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा साेमबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

साेमबार नै तनहुँकाे शुक्ला गण्डकी ५ का ७२ वर्षीय पुरुषकाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा २२ का ५६ वर्षीय पुरुषकाे आइतबार पश्चिमाञ्चल अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

कास्कीकाे माछापुच्छ्रे ४ का ६४ वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३७१ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button