पोखरामा पूर्व युवराज शाहको निवासमा चोरी गरेर भागेका युवक पक्राउ

पोखरा न्यूज । पोखरामा पूर्व युवराज पारस शाह भाडामा बस्दै आएको घरमा चोरी भएको छ ।

पोखरा महानगरपालिका ६ लेकसाइड स्थित बुलौदिमा पूर्व युवराज शाह बस्दै घरको कोठाबाट शाहका निजी सामग्री चोरी भएको हो ।

पोखरामा चोरी गरेर भागेका व्यक्तिलाई काठमाण्डौमा पक्राउ गरिएको काठमाण्डौ प्रहरी प्रमुख, एसएसपी अशोक सिंहले पोखरा न्यूजलाई जानकारी दिनुभयो । बारा जिल्ला घर भई शाहको निवासमै काम गर्ने कामदारले चोरी गरेको पाइएको एसएसपी सिंहले बताउनुभयो ।

एसएसपी सिंहका अनुसार सामान चोरी गर्ने कामदार २५ वर्षका शुभ गौतमलाई काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यु राप्ती गेस्टहाउसबाट चोरीका सामानसहित नियन्त्रणमा लिइएको छ ।

प्रहरीले चोरी भएका २ थान आई प्याड, २ थान दूरबिन, क्यामरा, र मोबाइल पूर्व युवराज शाहलाई फिर्ता गराएको छ । गौतमलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button