पाेखरा न्यूज । भारतीय किसानले सरकारविरोधी प्रदर्शन तीब्र पार्ने चेतावनी दिएका छन् । सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको बिरोधमा किसानहरुले एक महिनादेखि देशव्यापी प्रदर्शन गरिरहेका छन् । यसै साता उत्तर प्रदेशको लखिमपुर खेर जिल्लामा भएको हिंसापछि किसानहरू थप आन्दोलित बनेका छन् ।
खेरमा किसानको आन्दोलनमा केन्द्रीय मन्त्रीका छोराले जथाभावी गाडी हाँक्दा चार किसानसहित ६ जनाको मृत्यु भएको थियो । गृह राज्यमन्त्री अजय मिश्रका छोराबिरुद्ध ज्यान मार्ने कसुरमा अदालतमा मुद्दा चलाइएको छ । मन्त्रीका छोराले प्रदर्शनकारीको नियतवश हत्या गरेको किसानले आरोप लगाउँदै आएका छन् ।
आइतवारको हिंसामा पीडितका परिवारलाई सरकारले ४५ लाख क्षतिपूर्ति दिने उत्तर प्रदेश सरकारले घोषणा गरेको छ । सो घटनाबारे उच्च न्यायालयका निवृत्त न्यायधीशले अनुसन्धान गर्ने जनाइएको छ ।
किसानबिरोधी कानुनको बिरोधमा निरन्तर आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।
‘किसानको समस्या उजागर गर्न उत्तर प्रदेश र देशका अन्य भागमा हाम्रो आन्दोलन तीब्र पार्नेछौं’ , भारतीय किसान युनियनका नेता धर्मेन्द मल्लिकले भन्नुभयाे। ‘किसानले दश महिनादेखि गरेको आन्दोलनलाई कमजोर पार्ने कोशिस गरिरहेको छ । तर हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहनेछ । ’
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution