अनुपम खेरले गरे पशुपतिको दर्शन, शान्तिका लागि प्रार्थना

पाेखरा न्यूज । फिल्म छायाँंकनका लागि नेपाल आउनुभएका बलिउड कलाकार अनुपम खेरले मंगलबार पशुपतिनाथको दर्शन गर्नुभएकाे छ ।

आफूले पशुपतिको दर्शन गरेको जानकारी ट्वीटरमार्फत दिनुभएका उहाँले भन्नुभएकाे छ, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ ।’

खेरले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनु भएकाे छ।

हिन्दुको पवित्रस्थलमा आउँदा आफूलाई खुसी र शान्ति मिल्ने गरेको उहाँले बताउनु भएकाे छ । खेरसहित बलिउड कलाकार हिन्दी फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएको हो । टीममा अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार हुनुहुन्छ ।

खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२०औँ फिल्म भएको जानकारी पनि दिनुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button