पाेखरा न्यूज । आगामी ४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा जन्मदरमा आएको गिरावटसँगै जनसंख्या पनि आधा घट्ने अनुमान गरिएको हो । हालै सम्पन्न जनगणनामा त्यहाँको जन्मदरमा अनुमान गरेभन्दा गिरावट आएको छ ।
जनगणनाअनुसार चिनियाँको जन्मदर १ दशमलव ३ प्रतिशतभन्दा तल झरेको छ । यसको अर्थ जीवनकालमा हरेक महिलाले औषतमा केवल १ दशमलब ३ सन्तान जन्माउँछन् । चीनको जनसंख्या स्थिर राख्न महिलाले औषतमा २ सन्तान जन्माउनु पर्ने विज्ञहरु बताउँछन् ।
चीनको अहिलेको जनसंख्या १ अर्ब ४० करोड छ । तर, जन्मदरमा अहिलेजस्तै गिरावट आउने हो भने सन् २०५५ मा त्यहाँको जनसंख्या आधा घट्नेछ ।
दशकौंदेखि चीनले जनसंख्या नियन्त्रणमा कडाइ गर्दै आएको थियो । तर, जसंख्या घटेसँगै जन्मदरमा केही खुकुलो नीति ल्याएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution