४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ्याङ्दी हाइड्रोपावर

पाेखरा न्यूज । छ्याङ्दी हाइड्रोपावरले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगमा आवेदन दिएको छ । छ्याङ्दी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद सेयरपछि पुनः ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगसँग स्वीकृति मागेको हो ।

कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना (४ मेगावाट)को लागतमा कोभिड १९ ले भएको बन्दाबन्दी र बाढी पहिरोका कारण वृद्धि भएको कम्पनीले जनाएको छ ।

सो आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम दीर्घकालीन ऋण सोही आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंकबाट माग गर्ने र हकप्रद सेयर निष्कासन गरी भुक्तानी गर्ने कम्पनीको भनाइ छ ।

३० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपश्चात कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button