बजार अनुगमनमा काठमाडौंका १५ वटा पसल कारबाहीमा 

पाेखरा न्यूज । काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् ।

 

चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं,  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन् ।

मंगलबार खाद्यान्न, लत्ता कपडा,  तरकारीलगायत ३२ वटा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका पसलबाट एक लाख ४५ हजार रुपैयाँ जरिबाना तिराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । प्रशासनका अनुसार केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण सोधिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button