पाेखरा न्यूज । भारतीय अभिनेत्री यमी गौतमले आफू वर्षाैंदेखि कहिल्यै ठीक नहुने ‘केराटोसिस पिलारिस’ नामक छालासम्बन्धी समस्यासँग जुधिरहेको खुलासा गर्नुभएकाे छ ।
पछिल्लो समय प्रदर्शनमा आएको ‘भूत पुलिस’ फिल्मका कारण चर्चामा रहनुभएकी यमीले सामाजिक सञ्जालमा नयाँ फोटो पोस्ट गर्दै लेख्नुभएकाे छ, ‘मेरो इन्स्टा परिवारलाई नमस्कार । मैले हालै फोटो सेसन गराएँ । ती फोटाहरूमा मेरो स्क्रिन प्रोब्लम ‘केराटोसिस पिलारिस’ लाई लुकाउन पोस्ट प्रोडक्सनमा पठाउनु थियो, त्यतिबेला मैले सोचें, यमी तँ सत्यलाई किन स्वीकादिनेस् ? जसलाई यो समस्याबारे थाहा छैन, म बताउँछु कि यो रोग लागेपछि स्क्रिनमा छोटाछोटा दाना पलाउँछन् । म त्यही समस्याबाट पीडित छु ।’
उहाँले आफूलाई यो समस्या टिनएजबाटै सुरु भएको र यसको अहिलेसम्म कुनै उपचार नभएको समेत बताउनु भएकाे छ । ‘मैले वर्षाैंदेखि यो समस्या झेलिरहेकी छु,’ उहाँले लेख्नुभएकाे छ, ‘अहिले आएर मलाई मैले भोगिरहेको समस्या सबैलाई बताउन मन लाग्यो । सत्यलाई सबैसामु राख्ने हिम्मत गरें । म आफूलाई अद्भूत महसुुस गरिरहेकी छु ।’
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution