पोखरामा एकै पटक चार सवारीसाधन दुर्घटना, दुई घाइते

पोखरा न्यूज । पोखराको सिर्जनाचोक एकै पटक चार सवारीसाधन दुर्घटनामा परेका छन् ।

जिरो किलोमिटर तर्फको दिशाबाट आइरहेको ग ९ प ७३३७ नम्बरको स्कुटर र सिर्जनाचोक तर्फबाट आउँदै गरेको   प्रदेश २-०३ ००१ प ९४०२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुवैका चालक घाइते भएका छन् ।

दुर्घटनामा स्कुटर चालक  पोखरा १ बगरका ३३ वर्षीय मित्रलाल दर्जी र पोखरा लामापाटन १५ का ३३ वर्ष कै अमृत थापा घाइते भएका छन् । दर्जीको हात खुट्टा र टाउकोमा तथा लामाको हातमा चोट लागेको छ ।

घाइतेहरूलाई उपचारको लागि मेट्रो सिटी हस्पिटल पठाइएको प्रहरीले जनाएको छ ।

स्कुटर र मोटरसाइकल दुर्घटना भएकै स्थानमा ट्रक र ट्याक्सी ठक्कर खाएका छन् । सिर्जनाचोक तर्फबाट आउँदै गरेको ना५ख ८६७४ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको  ग१ज २०२६ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीको अगाडिको भाग र साइडमा क्षति पुगेको छ ।

ट्रकले दुर्घटनामा परेको मोटरसाइकललाई जोगाउन खोज्दा सो दुर्घटना भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button