बाघको आक्रमणबाट एक युवकको मृत्यु

पाेखरा न्यूज । चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ कुमरोज सामुदायिक वनभित्र घाँस दाउरा गर्ने क्रममा स्थानीय २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको हो ।

मंगलबार दिउँसो बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयाे ।

बाघले आक्रमण गरेको स्थानबाट सय मिटर पर झाडीमा बोटेको शव फेला परेको उहाँले बताउनु भयाे । बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुने बित्तिकै आठवटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाले बोटेको खोजी गरेको उहाँकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button