मंगलबार कास्कीसहित प्रदेशमा कतिमा भयाे काेराेना पुष्टि ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २४  जना पुरुष तथा २० जना महिला गरी ४४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७६३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १०० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४४ सहित म्याग्दीका ७ जना, पर्वतका ३ जना, गाेरखाका ७ जना, लमजुङका १ जना, तनहुँका ५ जना, बाग्लुङका १३ जना, स्याङ्जाका १० जना र नवलपुरका १० जना गरी प्रदेशका ९ जिल्लामा गरी ५९ पुरुष तथा ४१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८८ पुगेको छ। पछिल्लो २४ घण्टामा १२४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ६८२ पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३७१ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button