आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा सन्दीप लामिछाने

पाेखरा न्यूज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ सेप्टेम्बरको मनोनयनमा पर्नुभएकाे छ । बुधबार आईसीसीले सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ‘को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका कप्तान तथा ब्याटर जसकरण मल्होत्रा पर्नुभएकाे छ ।

सन्दीपले यसअघि आईसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँगको एक दिवसीय खेलमा सर्वाेत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीको मनोनयन सूचीमा पर्नुभएकाे हाे ।

यसैबीच, बंगलादेशका नासुमले घरेलु मैदानमा भएको टि–ट्वान्टी श्रृंखलामा न्युजिल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुभएकाे थियाे । उहाँले श्रृंखलामा आठ विकेट लिनुभएकाे थियाे । यस्तै चौथो खेलमा १० रन खर्चिएर चार विकेट लिनुभएकाे थियाे ।

अमेरिकी मल्होत्राले पिएनजी र आईसीसी विश्वकप लिग–२ मा १७३ रनमा अविजित रहनु भएकाे थियाे । उहाँले पूरा ६ एकदिवसीय खेलमा २६१ रन बनाउनु भएकाे थियाे ।

यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा हुनेछ । आईसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ ।

आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ । यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button