काेराेना संक्रमणः कास्कीमा ५७ सहित गण्डकीमा ९३ मा पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २५ जना पुरुष तथा ३२ जना महिला गरी ५७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७१६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ९३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ५७ सहित गाेरखाका ६ जना, लमजुङका ६ जना, तनहुँका ४ जना, स्याङ्जाका १५ जना र नवलपुरका ५  जना गरी प्रदेशका ६ जिल्लामा गरी ४१ पुरुष तथा ५२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार १८१ पुगेको छ। पछिल्लो २४ घण्टामा ८४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ७६६ पुगेको छ ।

गण्डकीमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३७२ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button