अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटीद्वारा सेनेटेरी प्याड वितरण

पोखरा न्यूज । अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले विद्यार्थीलाई सेनेटेरी प्याड वितरण गरेको छ । पोखरा महानगरपालिका -२१ महोबारीस्थित दलित बस्तीका छात्रालाई कमिटीले बुधबार सेनेटरी प्याड हस्तान्तरण गरेको हो ।

कमिटीको आयोजनामा सेनेटरी प्याडको मूल्य वृद्धिको विरोधमा गत शुक्रबार आयोजना भएको ‘रातो कर खारेज गर’ भन्ने रचनात्मक तथा सचेतनामूलक आन्दोलनमा सहयोग स्वरूप उठेको रकमबाट सेनेटरी प्याड खरिद गरी बस्तीका विद्यार्थी दिदीबहिनीलाई हस्तान्तरण गरिएको कमिटी सचिव सागर प्रसाद शर्माले बताउनुभयो ।

कार्यक्रममा समुदायका करिब ५० जना छात्रालाई सेनेटरी प्याड वितरणका साथै महिनावारी सम्बन्धी स्वास्थ्य सचेतना प्रदान गरिएको थियो ।

महेन्द्र मन्नुको समन्वयमा भएको कार्यक्रममा सहजकर्ता, जिल्ला समन्वय समितिकी सदस्य सीता विकले अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटी आगामी दिनमा अझ सशक्त भई सामाजिक कार्यमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button