घटस्थापनाको बिदाले आज सेयर बजार बन्द

पाेखरा न्यूज । बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले नेपालीको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज नेप्सेकाे कार्यायल बन्द भएको हो ।

अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । बुधबार नेप्से सूचक ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । कुल चार अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button