बिहीबारबाट खुले हल, नयाँ चलचित्र अर्को साता

पाेखरा न्यूज । कोरोना भाइरसको दोस्रो लहरपछि बन्द रहेका मुलुकभरका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् ।

काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्यान्ह १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं शृंखला र नोबडी प्रदर्शन गरेको छ ।

कोरोना संक्रमण घटेपछि जिल्ला प्रशासन कार्यालयले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हलहरू खुलाउन अनुमति दिएपछि चलचित्र संघले हल खुल्ने जानकारी गत मंगलबार राजधानीमा एक कार्यक्रमबीच दिएको थियो । यद्यपि नयाँ चलचित्र भने दर्शकले हेर्न पाउने छैनन् ।

फास्ट एन्ड फ्युरियसलाई दर्शकले डिजिटल प्लेटफर्ममै हेरिसकेका छन् । त्यसैले गर्दा पहिलो दिन हलमा दर्शकहरुको उपस्थिति कम नै छ । त्यसो त दसैं अगाडिको समयमा सिनेमा हलमा दर्शक तान्ने फिल्म नभएसम्म भिडभाड कम नै रहने गर्छ ।

वितरकमध्येका एक कारण श्रेष्ठले दसैं अगाडिको समय किनमेल गर्ने भएकोले पनि गर्दा दर्शकको भिडभाड कमनै हुने बताए । यद्यपि आउँदो साताबाट उनले दर्शक हलमा आउने विश्वास व्यक्त गर्नुभयाे ।

२६ असोजमा नेपाली चलचित्र डाँडाको वरपीपल र २८ असोजमा जेम्स बन्ड सिरिजको नयाँ फिल्म नो टाइम टु डाइ रिलिज हुँदैछन् । संक्रमण रोक्न कोभिड प्रोटोकल पालना गर्दै हल खुलाइएको र त्यसको कडा रूपमा पालना गर्ने चलचित्र संघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button