पोखरा र चितवन ईपीएल उपाधिका लागि भिड्ने

पाेखरा न्यूज । पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो ।

अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाउनु भयाे ।

आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्ल १ रन बनाउनु भयाे ।

पोखराका किशोर महतो र सहन अराछिगेले समान २/२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने १/१ विकेट लिनुभयाे । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button