पोखराका धनु पुरन थकालीको बेलायतमा निधन

पोखरा न्यूज । पोखरा महानगरपालिका – ८ नागढुंगाका धनु पुरन थकालीको बेलायतमा निधन भएको छ ।

पछिल्लोसमय बेलायतमा स्थायी बसोबास गर्दै आउनुभएका थकालीको ५१ वर्षको उमेरमा बेलायत अल्डरशटस्थित आफ्नै निवासमा निधन भएको सहारा युकेका उपाध्यक्ष रि.ले कुशाङ गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार  तिन दिन अघि मात्रै अस्पतालबाट डिस्चार्ज हुनुभएका थकालीको नेपाली समय अनुसार बिहीबार बिहान  ११ः३० मा निधन भएको हो  ।

सहारा युकेका महासचिव समेत रहनुभएका  सामाजिक व्यक्तित्व थकाली  केही महिना देखि अस्वस्थ हुनुहुन्थ्यो ।

थकालीका  वुवा आमा पोखरा नागढुंगास्थित आफ्नै घरमा रहेका छन् । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी भने बेलायतमा मै हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button