नेपाललाई ‘रातो सूची’बाट हटायाे बेलायतले

पोखरा न्यूज । बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेकाे थियाे ।

नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामी सोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो ।

अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन । नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ  ।

अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button