नेकपा समाजवादीले टुंग्यायो मन्त्री र मन्त्रालयको नाम

शहरीमा खतिवडा र स्वास्थ्यमा झाँक्री

पाेखरा न्यूज । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट तनहुँका नेता किसान श्रेष्ठसहितका नेताहरुलाई मन्त्री बनाउने भएकाे छ । पार्टीले सरकारमा सहभागी  हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाउँदै नेता श्रेष्ठसहितलाई सहभागी गराउने निर्णय गरेकाे हाे ।

शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको नेता विरोध खतिवडाले जानकारी दिनुभयाे ।

खतिवडाका अनुसार एकीकृत समाजवादीले पाएका चार मन्त्रालय श्रम तथा रोजगारमा श्रेष्ठ, शहरी विकासमा खतिवडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्री र पर्यटन तथा नागरिक उड्ययनमा प्रेम आलेलाई पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएकाे छ । २९ असारमा सरकारको नेतृत्व सम्हाल्नुभएका देउवाले यसअघि तीन पटक गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाउनु भएकाे छ । देउवाले पाँच जनाको भरमा करिब तीन महिनादेखि मुलुक हाँकिरहनुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button