फाइजर खोप लगाउनेको एन्टीबडी दुई महिनापछि घट्याे !

पाेखरा न्यूज । फाइजर खोप लगाएपछि शरीरमा विकसित हुने एन्टीबडी तह दुई महिनापछि बिस्तारै घट्दै जाने दुई फरक अध्ययनले देखाएका छन् ।

इजरायल र कतारले गरेका दुई अलग अलग अध्ययनले पूर्ण खोप लगाएका व्यक्ति संक्रमणबिरुद्ध निरन्तर साबधानी अप्नाउनुपर्ने उल्लेख छ ।

इजरायलमा गरिएको अध्ययनमा पूर्ण खोप लगाएका व्यक्तिको एन्टीबडी तह घटेको देखिएको थियो । त्यस्तै कतारमा गरिएको अर्को एक अध्ययनमा फाइजरको पूर्ण खोप लगाएका व्यक्तिमा दुई महिनापछि एन्टीबडी घटेको पाइएको थियो ।

पहिलो डोज लगाउँदा बढेको एन्टीबडी दोस्रो डोज लगाउँदा उच्च विन्दुमा पुगेको र त्यसपछि घटेको अध्ययनको निस्कर्ष छ । अध्यययन वेलायतको जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button