मनोरन्जनसमाचार

निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो

पाेखरा न्यूज । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिनु भएकाे छ । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा हुनुहुन्थ्याे । शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गर्नुभएकाे हाे । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कस्नुभएकाे हाे ।

सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् । निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पाेखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको छ । यद्यपि फिल्मकर्मी आउने क्रम रहेको विवाहमा सहभागी एक कलाकारले बताउनु भयाे ।

सुदर्शनले विवाहकाे प्रीतिभोजको आयोजना भने शनिबार गर्नुभएकाे छ। उहाँले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडाैंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गर्नुभएकाे छ ।

सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुनुहुन्छ। हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गर्नुभएकाे छ। फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उहाँले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गर्नुभएकाे हाे ।

 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x