पाेखरा न्यूज । भारतको पर्यटन क्षेत्र पुनः खुलेसँगै पयर्टहरूकको चहलपहल बढेको छ । कोभिड महामारीका कारण एक वर्षदेखि बन्द पर्यटन क्षेत्र खुलेसँगै चहलपहल बढेको हो । महामारीको कारण देखाउदै प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्षको मार्चमा कडा लकडाउन घोषणा गर्नुभएकाे थियाे ।
गत वर्षको २० मार्चपछि पहिलो पटक विदेशी नागरिकहरूले भिसाका लागि निवेदन दिन पाउने भएका छन् । ‘भारत आउने सबै विदेशीलाई गृह मन्त्रालयले यही १५ अक्टोबरदेखि पयर्टन भिसा प्रदान गर्ने निर्णय गरेको छ’ गहृ मन्त्रालयलले भनेको छ । यो सँगै व्यावसायिक उडानमार्फत भारत प्रवेश गर्ने विदेशी पर्यटकहरुले पर्यटनसम्बन्धी नयाँ भिषामा प्रवेश गर्न सक्नेछन् ।
एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश भारतमा पयर्टन अर्थतन्त्रको मेरुदण्ड हो । सन् २०१९ मा १ करोड ९३ लाख पर्यटक भारत भित्रिएका थिए । यसअघि सरकारले कूटनीतिज्ञ र व्यापारीमा लगाएको प्रतिवन्ध खुकुलो बनाएको थियो ।
१ अर्ब ३० करोड जनसंख्या भएको भारत कोभिडबाट नराम्रोसँग प्रभावित छ । अहिलेसम्म कोभिडबाट भारतमा साढे चार लाख जनाको मृत्यु भइसकेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution