नेताले लत्तो छोडेर र जनताले संस्कार भुलेर बिग्रेको देश

आर. के पोख्रेल । कोभिडले थला पारेको विश्व अर्थतन्त्र यति बेला बिस्तारै बिस्तारै उभिन थालेको छ भने कोभिड १९ को त्रास अहिलेसम्म पनि रोकिएको छैन । कोभिडकै कारण कतिलाई अभिभावक विहिन बनायो त कतिको काख रित्तो बनायो। हाम्रो जस्तो विकासोन्मुख देशको अवस्था रेमिटान्समा चल्नुपर्ने बाध्यता रहेको देशमा त झनै अप्ठ्यारोमा परेको स्थिति छ ।

सबै नागरिकको स्वास्थ्यकाे जिम्मा सरकारले लिनुपर्दछ । स्वास्थ्य राज्यको दायित्व हो तर यो कुरा चुनावी नारामा मात्रै सिमित रहेको छ त राजनीति दलहरुले यो कुरा व्यबहारमा लागू गर्न सकेको अवस्था छैन । हुन त राजनीतिकर्मीहरु पनि सिद्धान्त, आस्था र निष्ठाभन्दा ब्यक्तिगत लालसाको कारण स्वार्थमा निर्लिप्त डुबेका छन्। यस्को मुख्य कारण स्वार्थगत झुन्डलाई बेलैमा चिन्ह नसक्नु नै हो भने चुनाब खर्चिलो हुँदै जानू पनि बिडम्वना हो ।

चुनाव खर्चिलो हुनु र जनता भेडा जस्ता हुनु , आस्था, बिश्वास, सिद्धान्त योजना र बिचारलाई नबुझेर चुनावमा जस्तै दशैमा गरिने खरिद बिक्रिका कारण परिणाम नसोचेको आउने गर्छ । अझै स्पष्ट भन्ने हो भने चुनाव सिद्धान्तले लड्न छाड्ने पैसाले लड्ने प्रवृत्तिका कारण हामी पछुताउने गर्दछौ । जुनसुकै पार्टीलाई पनि संगठन निर्माण गर्न, संगठित गर्न इमानदार निष्ठावान र बैचारिक नेतृत्वको आवश्कता पर्छ तर जब चुनाव आउँछ अनि हुन्छ पैसाको खेती । फलानोलाई दिनुपर्ने त हो तर पैसा छैन कसरी लड्ला र ?

हामीकहां पार्टी चुनाव लड्दैन लड्छ त केवल ब्यक्ति बिचार चुनावी मैदानमा व्यापारिक मेला जस्तो बाईक, कार लगायत चुनावमा प्रतिस्पर्धा हुने देखेकै छौ । फलानोले यति खर्च गर्यो अरे तपाईं भने ? अब भन्नुहोस् हाम्रो दुनियाँ कहाँ छ हाम्रो चुनाब कहाँ छ अनि हामी कहाँ छौ ।

चुनावलाई पनि कतिपय मामिलामा हामी दशै जस्तै मान्ने गरेका छौ नै । यो परम्परा भित्र्याउन पनि तपाईं हाम्रो नै हात छ किनकि परिवर्तन संभव छ तर सुरुवात आफैबाट गर्नुपर्ने हुन्छ । हामी आफुलाई पर्दा आदर्शका कुरा गर्न माहिर नै छौ तर अरुलाई पर्दा मौन , यसको अर्थ हामीले पनि यो र यस्ता प्रवृत्ति स्वीकार गरिरहेका छौ । हामीले भन्ने गरेको बिचारको हतियार उठाई लोभ लालच पर सारी संघर्षमा अडिग रहि साहसलाई दर्हो पारी खाएका कसमहरु अन्तत भुल्ने नै गर्छौ ।

त्यसैले त अहिले यो देशमा ताण्डब चलिरहेको छ यी र यस्ता ताण्डब चलिरहने नै छ । नेपालको राजनीतिमा आशा गरिएको युवा पुस्ता पनि लहैलहैमा बाजाको तालमा नाचिरहेको देख्न पाउछौ । यो अवस्थाबाट गुज्रिएको राजनीति र नजिकिदै गरेको बडा दशै पनि संस्कार संस्कृतिको जगेर्ना भन्दापनि देखाउने परम्पराबाट हाम्रा चाडपर्वहरुको आस्था र बिश्वासमा कमि आएको देखिन्छ ।

धर्म, संस्कार, संस्कृति र आस्थामाथि दिनानुदिन बैदेशिक हस्तक्षेप वृद्धि भैरहेको छ भने हामी पनि लहैलहैमा संस्कार र संस्कृति भुल्न सुरु गरेका छौ ।
देखासिकीकै कारण दशैको महत्व घट्न पुगेको छ भने दशैमा फेसन प्रर्दशनको कारण हुनेखाने को र नहुने बिचको खाडल झन झन ठुलो बन्दै गैरहेको छ ।
माता दुर्गाले महिषासुर दैत्यको बध गरि मानवजगतको कल्याण गरेको दिनलाई नै बिजयादशमी भन्ने गरिन्छ अर्थात् नराम्रो र अहित गर्नेको परास्त र राम्रो गर्नेको बिजयको दिन सत्यको जित र असत्यको हार नै बिजयादशमी हो ।

अरुको नक्कल गर्ने प्रवृत्तिका कारण अरुको संस्कारको अनुशरण गर्ने हामीमा लहड चलेको छ भने हाम्रा संस्कृति नै भुल्ने तर्फ लागिरहेका छौ । हुने खाने र हुँदा खानेको दशै भने पक्कै फरक छ नै । हामी संस्कार, आस्था, बिश्वास र परम्परा यसको महत्व भुल्दै छौ भने रिन खोजेर चाड मान्ने प्रचलनका कारण हुँदा खानेलाई दशै दशा बन्ने गरेको छ । हामी हाम्रा ऐतिहासिक चाडपर्वको महिमा महत्व भुल्ने तर मनाउनै पर्ने भन्ने भ्रमका कारण चाडबाडकै कारण घर खेत नरहने अवस्थामा समेत छौ ।

हाम्रा संस्कार, संस्कृति, चाडपर्वको जगेर्ना गरौं, यसको महत्व बुझौं आफ्नो सक्ने र गक्ष अनुसारको चाडपर्व मनाऔं । देखासिकी नगरौं । रिनमा चाडपर्व मानेर जिवनभरी पीडा नबोकौं । संस्कार संस्कृतिको जगेर्ना गरौं हाम्रो आस्था र बिश्वासमा कमि नहोस् पर्वहरुको महत्व बुझौं देखासिकी गरेर चाडपर्वको महत्व नघटाऔं । नेतागणहरुले लत्तो छोडेर देशलाई अद्योगतितिर लगिरहेको छ भने चाडपर्वलाई भड्किलो खर्चिलो बनाएर हामी हाम्रा परम्परा मास्दै गईरहेको छौ । विजया दशमीमा हामी सबैलाई देशको माया गर्ने र नेपाली संस्कार र संस्कृति जोगाउने आर्शिवाद मिलोस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button