पाेखरा न्यूज । यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाउनु भएकाे छ । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो ।
नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उहाँहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि गरेको प्रयासलाई सम्मानस्वरुप पुरस्कृत गरेको नोबेल कमिटीले जनाएको छ ।
प्रतिकुल अवस्थामा पनि आफ्नो समाचारमार्फत सम्पूर्ण पत्रकारको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उहाँहरू लड्दै आउनु भएकाे थियाे । फिलिपिन्सकी रेस्साले पत्रकारितामार्फत सरकारको शक्ति दुरुपयोग, हिंसा र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने गर्नुभएकाे छ। उहाँ फिलिपिनी न्युज साइट र्यापलरकी सिइओ हुनुहुन्छ भने मुराटोभ रसियन समाचार पत्र नोभय गाजेटाका प्रमुख हुनुहुन्छ ।
शान्ति पुरस्कारसँगै यसवर्षको लागि रसायनशास्त्र, भौतिकशास्त्र, चिकित्सा र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने अर्थशास्त्रतर्फको पुरस्कार घोषणा बाँकी छ । नोबेल शान्ति पुरस्कार ६ विधामा दिइँदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution