आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सुरेश पक्राउ

पाेखरा न्यूज । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सुरेश नेपाली  पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुरेशले गत असोज ५ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी कमलाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button