शिक्षा/स्वास्थ्यसमाचार

कोरोना अपडेट : ७६४ जना थपिए, एक हजार ३३ जना संक्रमणमुक्त

पाेखरा न्यूज । नेपालमा पछिल्लो २४ घन्टामा ७६४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा ७६४ जनामा संक्रमण पाइएको हो ।

शुक्रबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ६१४ जना छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० छन् ।

पछिल्लो २४ घन्टामा एक हजार ३३ जनाले संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ७४ हजार १७३ रहेको छ ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ७ प्रतिशत छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २१० जनाको निधन भइसकेको छ ।

हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आईसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेन्टिनमा छन् ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x