पाेखरामा ठूलाे परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

पाेखरा न्यूज । पाेखरामा ठूलाे परिमाणमा लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टाेलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बुधबार राति लागू औषधसहित एक युवकलाई पक्राउ गरेकाे छ । कास्की जिल्लामा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टाेलीले चेकजाँच गरेकाे थियाे ।

प्रहरी टोलीले बुधबार राती पाैने नाै बजेको समयमा पोखरा ३० गगनगौडा पावरहाउसस्थित सवारी साधन चेकजाँच गर्दा रुपन्देहीकाे साबिक पटखोली ४ परिबर्तित ओमसतिया  ५ का रामसेबक लोधको छोरा ३७ वर्षीय हरिहर लोधले लुकाई छिपाई ल्याउँदै गरेको लागू औषध फेला पारेकाे हाे ।

उनकाे साथबाट डाईजापाम- १५८ एम्पुल, नुर्फिन- १५८ एम्पुल, फेनार्गन- १५९ एम्पुल गरी जम्मा ४७५ एम्पुल, नाईट्रोभ्याट ट्याब्लेट १३५ चक्की र मोबाईल -१ थान  फेला पारेकाे प्रहरीले जनाएकाे छ ।

उनलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button