| फाइल तस्वीर ।
पाेखरा न्यूज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पठाएका चार मन्त्रीहरूमा यादव समुदायको मात्रै बाहुल्यता भएपछि पार्टीमा असन्तुष्टी देखिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीन जना यादव परेपछि जसपाभित्र असन्तुष्टी देखापरेको हो ।
महन्थ ठाकुर नेतृृत्व छाडेर अध्यक्ष यादवतिर लाग्नुभएका प्रमोद साहले त सामाजिक सञ्जालबाट नै विरोध गर्नुभएकाे छ । अध्यक्ष यादवले देउवा सरकारमा रेणु यादव, रामसहाय यादव र महेन्द्रराय यादवलाई मन्त्री बनाउनु भएकाे भने गैर यादव समुदायबाट राजेन्द्र श्रेष्ठ मात्रै मन्त्री हुनुहुन्छ ।
सोही घटनालाई लिएर सांसद साहले लेख्नुभएकाे छ, ‘आज पनि हाम्रो पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकार र दमन शोषणको नमुना रहेको ठहर गर्दछु, हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रिमण्डलमा समावेश हुनेहरूका नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो तर टुंगो लगाउँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो ।’
उहाँका अनुसार सो प्रवृत्ति र कार्यशैलीले पार्टीका लागि क्षति पुगेको छ । त्यसो त पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएपछि वीरगञ्जमा जसपाका कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला दहन गरेका छन् भने अध्यक्ष यादवका पुत्र अमरेन्द्र यादवले पनि श्रेष्ठ र रामसहायको नियुक्तीबाहेक अन्यको विरोध गर्नुभएकाे छ ।
जसपाका शीर्ष नेताहरूले शुक्रबा बिहानसम्म प्रमोद साहको नाम मन्त्रीमा चयन गरेपनि दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तीको सूचना आउँदा उहाँको नाम काटिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution