पाेखरा न्यूज । नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरु शो भित्र्याउन तत्पर छन् । नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ । केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस किड्स पनि सुरु हुने भएको छ ।
विश्वका १ सय १३ देशमा फ्रन्चाइज शोको रुपमा सञ्चालन भैरहेको रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो ।
कात्तिक दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टिभीबाट प्रशारण हुने ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
डिजिटल अडिसनमा १० हजारभन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ बर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी गराइने आयोजकले जनाएको छ ।
‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution