पाेखरालाई पराजित गर्दै चितवन बन्याे ईपीएल क्रिकेटको च्याम्पियन

पाेखरा न्यूज । पाेखरा राइनाेजलाई  पराजित गर्दै  चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे उपाधि जितेकाे छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा शनिवार भएकाे फाइनलमा पाेखरा राइनाेजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलाे पटक च्याम्पियन बनेकाे हाे ।

पाेखराले दिएकाे ११२ रनकाे लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि भिम सार्कीले ४५ बल खेल्दै ७ चाैका र २ छक्काको मद्दतमा ६३ रन बनाउनु भयाे ।

यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र माेहम्मद शाहाजादले ११ रन जाेड्नुभयाे । कप्तान साेमपाल कामीले आफ्नाे पहिलाे बलमै चाैका प्रहार गर्दै चितवनलाई जित दिलाउनुभयाे ।

बलिङमा पाेखराका किशाेर महताेले ४ विकेट लिनुभयाे । नन्दन यादवले २ विकेट लिनुभयाे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएकाे थियाे ।

पाेखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउनुभयाे । रिचर्ड लेभीले २६ र कप्तान विनाेद भण्डारीले २२ रन बनाउनु भयाे । विपिन रावलले १७ रन जाेड्नुभयाे । बाँकी खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।

चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिनुभयाे । यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिनुभयाे । दुवैले ३ ओभर बलिङ गर्दा प्रसन्नले १३ र करिमले १५ रन खर्चनुभयाे ।

कप्तान साेमपाल कामी र सागर ढकालले समान १ विकेट लिनुभयाे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button