नेपालमा ७६० संक्रमित थपिँदा ८९९ संक्रमणमुक्त

पाेखरा न्यूज । नेपालमा पछिल्लो २४ घन्टामा ७६० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला ८ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् ।

पछिल्लो २४ घन्टामा ८९९ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७५ हजार ७२ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ ।

हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आईसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेसन, एक हजार १७२ जना संस्थागत आइसोलेसन र २३६ जना क्वारेन्टिनमा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button