मनोरन्जनसमाचार

प्रकाशको फिल्ममा अजयको सम्भावना

पाेखरा न्यूज । अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त हुनुहुन्छ । सिंघम स्टारर अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहनु भएकाे छ ।

यसैबीच उहाँले आफ्नो पुराना साथी तथा निर्देशक प्रकाश झासँग हात मिलाएको खबर बाहिरिएको छ । बि-टाउनमा चर्चामा आएको खबरले यी दुईको सम्बन्ध सुधारको संकेतसमेत गरेको छ । केही समययता यी दुईको राम्रो सम्बन्ध थिएन । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोज्नुभएकाे थियाे तर अजयले कथा चित्त नबुझेको भन्दै अस्विकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो । तर यतिबेला भने यी दुई एक सोसल ड्रामा बनाउने सल्लाह गरिरहेकाे बताइन्छ ।

बुझिएअनुसार प्रकाश झासँग उक्त फिल्ममा अजय पनि निर्माता हुने चर्चा छ । अजयको अभिनय तथा प्रकाशको निर्देशन रहेको फिल्म दिल क्या करे, गंगाजल, अपहरण, राजनीति, आरक्षण र सत्याग्रहजस्ता फिल्मलाई दर्शकले रुचाएका थिए । पछिल्लो समय अजय अघिल्ला फिल्मझैँ कथा राम्रो हुनुपर्नेमा जोड दिइरहनु भएकाे छ ।

यद्यपि पछिल्लो समय निर्देशक झा आफ्नो सिरिज ‘आश्रम’ को नयाँ शृंखला ल्याउने तयारीमा हुनुहुन्छ । बबी देओलको प्रमुख भूमिका रहेको सिरिजको छायांकन यतिबेला मुम्बईमा भइरहेको छ । यसपछि उहाँले ‘जनादेश’ नामक फिल्म निर्देशन गर्ने तयारी गर्नुभएकाे छ । केही समयअघि नेपालमा एक फिल्म फेस्टिभलमा सहभागी हुन् आउनु भएका निर्देशक झाले आफू ‘जनादेश’ नामक फिल्मको स्क्रिप्टमा काम गरिरहेको बताउनु भएकाे थियाे ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x