वैदेशिक रोजगारीको नाममा सोझासाझा नेपाली ठग्ने दलालहरुका दिन गए – मन्त्री श्रेष्ठ

होसियार रहन चेतावनी

पोखरा न्यूज । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिनुभएको छ ।

मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिन शनिबार गृह जिल्ला आउनुभएका मन्त्री श्रेष्ठले गर्जदै भन्नुभयो, ‘श्रम मन्त्रालय भन्ने वित्तिकै बद्नाम छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश लाने बहानामा विशेषगरी महिला दिदीबहिनीहरुको अस्मिता लुटिनेदेखि बिचल्ली पार्ने धेरै सुनेका छौं । खबरदार ! अब नेकपा समाजवादीको तर्फबाट किसान श्रेष्ठ श्रम मन्त्री भएर आएको छ । त्यस्ता दलालहरु होसियार ! अब त्यस्ता दिन आउने छैन ।’ सोझासाझा नेपालीलाई ठग्ने दलालहरुको दिन गएको उहाँको दाबी छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले रोजगारी गुमाएर स्वदेश फर्किएका करिब १५ लाख युवालाई रोजगारीको अवसर दिने मन्त्री श्रेष्ठको भनाइ छ । उहाँले गृह जिल्लाका बेरोजगार युवा र श्रमिकका लागि विशेष प्याकेज ल्याएर रोजगारीको बाढी ल्याउने उद्घोष समेत  गर्नुभयो ।

उहाँले पदको लागि नभएर आफूले सर्वोच्च अदालतको सम्मान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताउनुभयो  । अगाडि थप्दै भा न्नुभयो, ‘विश्वासको मत दिँदा किसान श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्‍यो पनि भने, गद्धार भने । आफ्नै पार्टी फुटाउन सर्वोच्चमा हस्ताक्षर गर्नेहरु गद्धार नहुने, किसान श्रेष्ठ श्रेष्ठ कसरी गद्धार भयो ?’ दुई पटकसम्म संसद विघटन गर्ने गद्धार भएको उहाँको  भनाइ थियो ।

नेकपा एकीकृत समाजवादी पार्टी तनहुँले दशैँतिहारको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले  संविधान जोगाएर सर्वोच्चको फैसलाको सम्मान गर्दा क्याविनेट मन्त्री भइन्छ भने किन नहुने भन्दै प्रश्न गरे ।

‘क्याबिनेट मन्त्री हुँदा कल्ले हुन्न भन्छ र ? मन्त्री हुने हो यहीँ ठाउँको विकास गर्ने हो । तर मन्त्री खान गएको हैन । मन्त्री पद नै पछि लाएर आएपछि के गर्ने ?’ उहाँले  प्रश्न गर्नुभयो । केपी ओलीको प्रवृत्तिको विरुद्धमा विद्रोह गर्नुपर्ने स्थिति आएकाले पार्टी विभाजन गर्नपरेकाे उहाँको दाबी थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button