प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्तो छ ‘सेड्युल’

पोखरा न्यूज । प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आज बिहान पोखरा आउँदैहुनुहुन्छ  ।

उहाँ  बिहान साढे १० बजे पोखरा विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ । पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सहभागी हुनुहुनेछ  भने अपराह्न ५ बजेपछि राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button