मुख्य खबरराजनीतिसमाचार

नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालद्वारा पदबाट पदबाट राजीनामा

पाेखरा न्यूज । नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिनुभएकाे छ । उहाँले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनु भएकाे हाे ।

सांसद नभए पनि प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा हमाललाई मन्त्री बनाउनु भएकाे थियाे । आफ्नो नियुक्तिलाई लिएर विवादमा परेपछि हमालले राजीनामा दिनुभएकाे हाे ।

उहाँलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्ने आरोप लागेको छ । सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन पाउने व्यवस्थाअनुसार प्रधानमन्त्री देउवाले शुक्रबार हमाललाई मन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे। तर ४८ घन्टा बित्न नपाउँदै उहाँले पदबाट राजीनामा दिनुभएकाे छ । नेपालको इतिहासमा ४८ घन्टाभित्रै मन्त्री पदबाट राजीनामा दिने सम्भवतः उहाँ पहिले मन्त्री हाे ।

मन्त्री हमालले आफ्नै स्वविवेकले राजीनामा दिएको बताउनु भएकाे छ । नेताहरूले राजीनामा नदिन सुझाव दिँदै आए पनि व्यक्तिगत विवादमा पर्नुभन्दा राजीनामा दिनु उपयुक्त लागेको उहाँले बताउनु भएकाे छ । हमाल लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि अहिले धार्मिक गतिविधिमा लाग्नुभएकाे छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments
Back to top button
0
Would love your thoughts, please comment.x
()
x