प्रम देउवाले बुझे नवनियुक्त मन्त्री हमालकाे राजीनामा पत्र

पाेखरा न्यूज । प्रधानमन्त्री शेरबहादुर देउवाले  नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट दिनुभएकाे राजीनामा पत्र बुझ्नुभएको  छ ।

नवनियुक्त मन्त्री हमालले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाउनु भएकाे हो ।

उहाँलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्ने आरोप लागेको छ । सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन पाउने व्यवस्थाअनुसार प्रधानमन्त्री देउवाले शुक्रबार हमाललाई मन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे। तर ४८ घन्टा बित्न नपाउँदै उहाँले पदबाट राजीनामा दिनुभएकाे छ ।

सांसद नभए पनि प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा हमाललाई मन्त्री बनाउनु भएकाे थियाे । आफ्नो नियुक्तिलाई लिएर विवादमा परेपछि हमालले राजीनामा दिनुभएकाे हाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button