छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार १० लाख पाउने

पाेखरा न्यूज । मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यसपटक एक सय सातजनाले आवेदन दिएका थिए । प्रतियोगितामा नेपालसँगै युएसए, क्यानाडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत सुन्दरीहरू सहभागी भएका छन् ।

छनाेट भएका टप १८ मा अनुष्का अधिकारी, प्रतीक्षा महरा क्षेत्री, ब्रिस्टी आचार्य, आर्या निशान्त, सदीक्षा खड्का, अनिशा पौडेल, स्मारिका कार्की, स्वीकृति खड्का, मन्दिरा कार्की, निनाकान्त मण्डल, विभूति गौतम, सागरिका मल्ल, सुजिता बस्नेत, समिता न्यौपाने, सगुन गुरुङ, केशु खड्का, रक्षा उप्रेती र प्रतिमा पन्थी हुनुहुन्छ ।

‘हामीले अघिल्लो पटक सम्पन्न गरेको संस्करणले प्रतियोगितालाई अझै लोकप्रिय बनाएको छ,’ प्रतियोगिताकी कन्ट्री डिरेक्टर नग्मा श्रेष्ठले बताउनु भयाे । मिस युनिभर्स नेपालको टाइटल नेपाल ल्याउने श्रेय उहाँलाई जान्छ भने उहाँ नै पहिलो मिस युनिभर्स नेपाल हुनुहुन्छ । ‘मैले आफ्नै पहलमा ल्याएको प्याजेन्ट भएकाले पनि यसको हरेक पक्षमा मैले विशेष ध्यान दिने गरेकी छु,’ नग्मा भन्नुहुन्छ, ‘म प्रतियोगी हुँदै कन्ट्री डिरेक्टर भएकाले पनि प्रतियोगितालाई बुझेकी छुँ ।’

उहाँले छानिएका १८ सुन्दरीलाई आउँदो २० अक्टोबरबाट क्लोज क्याम्पमा राखिने र उनीहरूलाई ३० तारिखमा फाइनलमा प्रतिस्पर्धा गराउने बताउनुभयाे । ‘फाइनलमा टप १८, १० हुँदै टप पाँचबाट विजेता घोषणा हुनेछन्,’ नग्माले भन्नुभयाे । विजेताले १० लाख बराबरको पुरस्कार पाउने छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button