पाकिस्तानका आणविक पिता खानको मृत्यु

पाेखरा न्यूज । पाकिस्तानका आणविक पिता डा. अब्दुल क्वादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आईबार राजधानी इस्लामावादमा भएको हो । उहाँको उपचारका क्रममा एउटा स्थानीय अस्पतालमा मृत्यु भएको रेडियो पाकिस्तानले जनाएको छ ।

उहाँको मृत्युबाट पाकिस्तानलाई ठूलो क्षति भएको रक्षा मन्त्री पर्भेज खट्टाकले बताउनु भएकाे छ । अब्दुल खानको मृत्युप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गहिरो दुःख व्यक्त गर्नुभएकाे छ ।

यसअघि आफू अस्पताल हुँदा प्रधानमन्त्री खान र क्याबिनेटका कुनै पनि मन्त्रीले चासो नदिएको अब्दुलले गत साता गुनासो गर्नुभएकाे थियाे । उहाँको योगदानलाई पाकिस्तानले सदा स्मरण गर्ने रक्षा मन्त्री पर्भेजले बताउनु भएकाे छ ।

भारतको भोपालमा जन्मिनुभएका डा. खान सन् १९४७ पछि आफ्नो परिवार लिएर पाकिस्तान पुग्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button