मानिस पासो लागेर मरेको ‘डोरी’ महंगोमा बेच्न महिलाको हत्या गर्नेहरु पक्राउ

पाेखरा न्यूज । गत भदाै २५ गते बिहान ६:३० बजेको समयमा ललितपुरमा डाेरीले घाँटी कसेर एकजना महिलाकाे हत्या गरेकाे घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ ।

ललितपुर २७ सुनकोठीमा नुवाकोटकाे बेलकोट गढी न.पा. ९ बस्ने वर्ष-४५ की कमला तामाङको डोरीले घाँटीमा कँसी हत्या भएकाे थियाे ।

महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर तथा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको सिलसिलामा मोरङकाे पथरी शनिस्चरे ८ मंगलबारे घर भई हाल ललितपुर २८  हरीसिद्धि बस्ने २० वर्षीय सुमन मगरलाई  हरिसिद्धिबाट असाेज २१ गते पक्राउ गरेकाे छ ।

मगरकाे प्रारम्भिक वयानको आधारमा उक्त घटनामा संलग्न रहेकाे अभियाेगमा अरु २ जना पक्राउ परेका छन् । मकवानपुरकाे रक्सिराङ ५ प्याङचे टोल घर भई हरिसिद्धि, नयाँबस्ती बस्ने २३ वर्षीय सबिन प्रजा र निजकी श्रीमती १८ वर्षीया प्रविना प्रजा माझीलाई प्रहरी टोली मकवानपुरकाे मनहरी ७ बाट असाेज २२ गते पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

अनुसन्धानका क्रममा घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने भन्ने कुराहरू सुनी सोही अन्धविश्वासमा परी हत्या गरेकाे प्रहरीकाे भनाइ छ ।

त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमन मगरको पुर्व चिनजान एवं अवैध सम्बन्ध हुने गरेकी टहरामा एक्लै बस्ने मृतक कमला तामाङलाई भदाै २४ गते साँझ अन्दाजी १६:३० बजे टहरामा गई खानपिन (मापसे) गरी सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी हत्या गरेको प्रहरीकाे भनाइ छ ।

हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटी फरार रहेकोमा घटनामा संलग्न सविन प्रजा, सुमन मगर र प्रविना प्रजा माझीलाई पक्राउ गरी थप अनुसन्धान कार्यको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाईएको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button