माधव नेपाललाई धाेका दिने १० भाइ खास लालगद्दार: मन्त्री श्रेष्ठ

पाेखरा न्यूज । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार १० भाइ भएको आरोप लगाउनु भएकाे छ। पार्टी विभाजनका लागि सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने, तर अहिले केपी ओलीको नजिक भएका नै वास्तविक लालगद्दार भएको बताउनु भएकाे छ ।

गृहजिल्ला तनहुँमा रहनुभएका मन्त्री श्रेष्ठले शुक्लागण्डकी उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘विशुद्ध संविधानको रक्षा, सर्वोच्च अदालतको सम्मान र पाँच वर्षका लागि जनताले दिएको अमूल्य मतलाई कदर गर्दै उभिएको हुँ । नेपाली कांग्रेसलाई भोट हालेको होइन । दुईपटक संसद् विघटन गर्दा पनि सच्चिन्छन् कि भनेर त्यतै उभिइरहेको थियाैं । साइबर स्यालहरूले मलाई लालगद्दार भने छन् । मैले केही गद्दारी गरेको छैन । गद्दारी त लामबद्ध भएर सर्वोच्च अदालतमा आफ्नै पार्टीको सरकार ढाल्न सहयोग गर्ने अहिले केपी ओलीको साखिल्लाे भएर काम गरिरहेका हुन्,’ उहाँले भन्नुभयाे ।

आफूहरूले पार्टी फुटाएको नभई विद्रोह गरेको मन्त्री श्रेष्ठले दाबी गर्नभयाे । उहाँले एकीकृत समाजवादी सच्चा पार्टी बनाएको जिकिरसमेत गर्नुभयाे । जिल्लाबासीको प्रतिष्ठा उच्च हुने गरेर काम गर्ने उहाँको भनाइ थियाे । शुक्रबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेर कार्यभार सम्हाल्नु भएका उहाँ शनिबार बिहानै सडकमार्ग हुँदै पूर्वनिर्धारित पार्टीकाे कार्यक्रमका लागि तनहुँ आइपुग्नु भएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button