गण्डकी प्रदेशमा कांग्रेसका डोबाटे विश्वकर्मा मन्त्री बन्ने

पाेखरा न्यूज । गण्डकीमा एकजना मन्त्री थपिने भएको छ । तनहुँका कांग्रेस सांसद डोबाटे बिश्वकर्मालाई बिना विभागीय मन्त्री बनाउन लागिएको हो । उहाँको सोमबार साँझ शपथग्रहण कार्यक्रम छ ।

यसअघि मन्त्रिपरिषद विस्तारमा बिकलाई मन्त्री बनाउने भनिए पनि अन्तिम समयमा नाम काटिएको थियो । योसँगै गण्डकीमा संविधानले दिएको अधिकारअनुसार मन्त्री संख्या पूर्ण भएको छ । ६० सांसद रहेको गण्डकीमा २० प्रतिशत अर्थात् १२ जना मात्रै मन्त्री बन्न पाउँछन् ।

गण्डकीमा कांग्रेस नेतृत्वमा माओवादी, जसपा र जनमोर्चाको गठबन्धन छ । प्रदेशमा कांग्रेसबाट ६, माओवादीका चार, जसपाका एक र एकजना स्वतन्त्र सांसद मन्त्री छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button