मनोज गजुरेलले गरे दोस्रो बिहे

पाेखरा न्यूज । हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिनु भएकाे छ । उहाँले मञ्जु पोखरेलसँग सोमबार बिहे गर्नुभएकाे हाे।

पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुनुहुन्छ । मनोजको यो दोस्रो बिहे हो । उहाँको चार वर्षअघि मिना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो ।

कलाकार गजुरेल र पोखरेलले भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा बिहे गर्नुभएकाे हाे । मन्दिरमा बिहे गरेपछि कौशलटारस्थित मानव सेवाआश्रममा रहेका वृद्धवृद्धालाई उहाँहरूले खाना खुवाउनु भएकाे थियाे।

गजुरेलले आफ्नो बिहेका विषयमा नकारात्मक कमेन्ट नगरिदिन आग्रह गर्नुभएकाे छ । आफ्ना सन्तानको सहमति र सुझावका आधारमा दोस्रो बिहे गरेको उहाँले बताउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button