पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

पोखरा न्यूज । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सोमबार जिप दुर्घटना हुँदा जीप चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखराबाट घान्द्रुक जाँदै गरेको नौ जना सवाररत ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा जिप चालक कास्की अन्नपूर्ण गाउँपालिका -५ नयाँपुलका ४२ को खुसीमान क्षेत्री,  काठमाण्डौ ३ गंगवु घर भई पोखरा घुम्न आएका १८ वर्षीय जिनलव घिसिङ,  २४ वर्षीया सुजा चौधरी,  २० वर्षीया लिजा चौधरी,  २० वर्षीय  सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले,  १८ वर्षीय आशिष आले र  गोरखा घर भएका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो ।

एक जनाको  घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button